निर्वाचन आयोगको निर्णय संविधानविपरीत : उपसभापति खड्का
वि.सं.२०७९ फागुन २७ शनिवार ०७:०४
shares

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगले संविधानको व्यवस्थाविपरीत निर्णय गरेको प्रतिक्रिया जनाएका छन् ।
सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन् ।
‘नेपालको संविधानले प्रस्ट भनेको छ, फरक लिंग वा फरक समुदाय हुनुपर्छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन । तर फरक लिंग वा समुदायको राष्ट्रपति, उपराष्ट्रपति हुनुपर्छ भन्ने संविधानमा जे व्यवस्था छ । त्यो व्यवस्थाविपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तले बोल्नुभएको कुरा वर्तमान मुलुकको संविधानको व्यवस्था अनुकूल छैन,’ खड्काले भने ।

























