global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ दरका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले यसअघि आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाख रुपैयाँको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन र बाँडफाँट गरेको थियो ।

चार लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र दुई लाख ४९ हजार ९३७ कित्ता सामूहिक लगानी कोषलाई प्राथमिक सेयरको निष्कासन तथा बाँडफाँट गरिएको थियो । निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आउँदो चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरोसेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु