स्मार्टच्वाइस टेक्नोलोजिज र हिमालयन बैंकबीच भुक्तानी सेवासम्बन्धी सम्झौता
वि.सं.२०७९ फागुन २५ बिहीवार १५:३०
shares

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।
थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई-एमबी (HI-MB) प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरुमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।
यसै गरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

























