माओवादी धारका पार्टी नेताहरूको बैठक सुरु
वि.सं.२०७९ फागुन २३ मंगलवार १०:०२
shares

माओवादी धाराका पार्टी नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही विषयमा आजको बैठक केन्द्रित हुने छ ।
सर्वोच्च अदालतले प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्नका लागि आदेश दिएपछि माओवादी घटकबीचक एकता वा सहकार्य गर्ने विषयले चर्चा पाएकाे छ । केही वर्षअगाडि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारजनाको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दर्ता गर्न माग गरेका थिए ।

























