गृहपृष्ठ जजिराले भैरहवाबाट फेरि कुवेत उडान सुरु गर्दै

जजिराले भैरहवाबाट फेरि कुवेत उडान सुरु गर्दै

जजिराले भैरहवाबाट फेरि कुवेत उडान सुरु गर्दै Jazeera Airways, Gautam Buddha International Airport, GBIA

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) भैरहवामा फागुन २५ देखि फेरि उडान सुरु गर्ने भएको छ ।

यसअनुसार कम्पनीले भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्ने भएको हो । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ ।

जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ । नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै मध्यपूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गरिरहेको बताए ।

‘यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु