काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईं एमालेबाट निष्कासित

10.79K
shares

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेकाे छ । पार्टीको सचिवालय बैठकले प्रसाईँलाई निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गुरूङका अनुसार प्रसाईंले पार्टी गतिविधिबाहिर रहेर काम गरेकाले यस्तो निर्णय गरिएको हाे । उनी एमालेकाे उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखसमेत हुन् ।

प्रसाईंले गत सोमबार झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् । परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाअभियानको उद्घाटन गरेका थिए ।