global ime bank Long Banner Ad

गृहपृष्ठ बहराइनका राजाबाट डा.रुइतलाई १४ करोडको प्रतिष्ठित ‘इशा अवार्ड’

बहराइनका राजाबाट डा.रुइतलाई १४ करोडको प्रतिष्ठित ‘इशा अवार्ड’

बहराइनका राजाबाट डा.रुइतलाई १४ करोडको प्रतिष्ठित ‘इशा अवार्ड’

झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।

मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन् ।

राजा हमाद बिन इशा अल खालिफाले ुलोकहितकारी कामका अर्थमा डा. रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएको बताए । इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा।रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु ।’

डा.रुइतले आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए । उनले बहराइन अधिराज्यले यो सम्मानबाट सम्मानित गरेकोमा कृतज्ञता जाहेर गर्दै भविष्यमा आफ्नो कामलाई अझ प्रतिबद्धताका साथ निरन्तरता दिने जनाएका छन् । नेत्र चिकित्सक डा। रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्षरपरोक्ष सेवा दिइसकेका छन् ।

इशा अवार्ड पहिलोपटक मलेशियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् । दोस्रो अवार्ड (२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो । रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु