global ime bank Long Banner Ad

गृहपृष्ठ मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मौसम आज पनि बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य प्रभाव परेको हो ।

आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु