nmb bank

गृहपृष्ठ मधेसमा एकैपटक २८० प्रहरीको सरुवा

मधेसमा एकैपटक २८० प्रहरीको सरुवा

मधेसमा एकैपटक २८० प्रहरीको सरुवा

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २ सय ८० प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो ।

गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको सरुवा गरिएको हो ।

एकैपटक यतिको सरुवाले मुद्दाको अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरु बताउँछन् । प्रदेशका प्रहरी अधिकारीदेखि जिल्ला प्रहरीका प्रमुखसम्म सरुवाले अनुसन्धान प्रक्रियामा गम्भीर असर पर्ने भएको भन्दै असन्तुष्ट देखिएका छन् ।

‘टाउकोमा हात राखेर फाँटका सबै प्रहरीहरु बसेका छन्,’ मुद्दामा काम गर्ने एक प्रहरी अधिकारीले भने, ‘नेपाली सेना जस्तो एकैपटकमा सबै जिल्लाका मुद्दा फाँटमा काम गर्ने प्रहरीलाई सरुवा गरेपछि काम गर्ने मनोबल घटेको छ, प्रदेशभर नै उथलपुथल छ ।’

केही साताअघि सातैवटा प्रदेशका प्रहरी नायब महानिरीक्षकको सरुवा भएको क्रममा मधेस प्रदेशमा सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक बसन्तबहादुर कुँवर ती प्रहरी जवानदेखि जुनीयर प्रहरी अधिकृतहरुको सरुवा गरी काज बिदामा बसेका छन् । प्रहरी स्रोतका अनुसार उनी आफ्नै बढुवाको लागि लबिइङ गर्न जनकपुरबाट दुई दिन अघि काठमाडौं पुगेका हुन् ।

प्रकाशित समय : ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु