गृहपृष्ठ महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव
महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
लोसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यही सम्बन्धमा हामी प्रधानमन्त्रीलाई भेट्न गएका थियौं । प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं ।’
प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएका थिए ।
राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।
प्रकाशित समय : ०६:४५ बजे



















