गृहपृष्ठ महिला फुटबल टोली स्वदेश फर्कियाे
महिला फुटबल टोली स्वदेश फर्कियाे
तस्बिर श्राेत : एन्फाकाे फेसबुक पेज ।
भारतसँगको दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आइतबार दिउँसो स्वदेश फर्किएकाे छ ।
नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपालले भारतसँग चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोल र शनिबार भएको दोस्रो मैत्रीपूर्णमा नेगोलरहित बराबरी खेलेको थियो । ओलम्पिक छनोटको तयारीस्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।
प्रकाशित समय : १८:३४ बजे

















