काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा बस दुर्घटना, ३ दर्जन घाइते

7.43K
shares

कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार दिउँसाे दुर्घटनामा परेको छ ।

बस दुर्घटना हुँदा तीन दर्जन बढी यात्रु घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए । ग२ख ६७४७ नम्बरको बस पोखरा महानगरपालिका-२७, डाँडाकोनाक प्रहरी चौकीनजिकै खोल्सामा खसेको हो ।

दुर्घटनाका घाइतेहरू सबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।