गृहपृष्ठ पोखरामा बस दुर्घटना, ३ दर्जन घाइते
पोखरामा बस दुर्घटना, ३ दर्जन घाइते
कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार दिउँसाे दुर्घटनामा परेको छ ।
बस दुर्घटना हुँदा तीन दर्जन बढी यात्रु घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए । ग२ख ६७४७ नम्बरको बस पोखरा महानगरपालिका-२७, डाँडाकोनाक प्रहरी चौकीनजिकै खोल्सामा खसेको हो ।
दुर्घटनाका घाइतेहरू सबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित समय : १६:३१ बजे



















