कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त
वि.सं.२०७९ फागुन ७ आइतवार १२:५६
shares

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैंकको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हिमालयन बैंकबाट बैंकिङ करिअर सुरु गरेका गुरुङको सिभिल बैंकमा सीईओको रुपमा काम गरेको अनुभव छ । उनले ग्लोबल आइएमई तथा मेगा बैंकमा समेत काम गरेका छन् ।
सिभिल बैंक छाडेपछि गुरुङ म्यानमारको बैंकमा सीइओ भएर काम गरेका थिए ।

























