global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माघमा थपियो २५ अर्ब निक्षेप

माघमा थपियो २५ अर्ब निक्षेप

माघमा थपियो २५ अर्ब निक्षेप

माघ महिनामा वाणिज्य बैंकहरुमा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ । त्यस्तै सो महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ ।

पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु