काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माघमा थपियो २५ अर्ब निक्षेप

8.82K
shares

माघ महिनामा वाणिज्य बैंकहरुमा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ । त्यस्तै सो महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ ।

पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ ।