global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् ।

अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचत भएका छन् ।

विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो । निर्वाचनको औपचारिक घोषणा केहीबेरमा हुँदैछ ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु