गृहपृष्ठ लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडामाथि इरानी हमला

लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडामाथि इरानी हमला

लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडामाथि इरानी हमला

तेहरान । आइतबार अघिल्लो प्रहरमा दक्षिणी इरानको लराक टापुमा भएको अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित दुई अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ।

इरानी समाचार संस्थाहरूद्वारा आइतबार सार्वजनिक एक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमणकारीलाई सजाय नाम दिइएको उक्त संयुक्त क्षेप्यास्त्र तथा ड्रोन कारबाहीले जोर्डनस्थित किङ हुसेन र अल अजराक सैन्य अखडालाई निशाना बनाएको जनाएको छ। जुलाईको अन्त्ययता दुवै पक्षबीच भएको यो पहिलो हिंसात्मक झडप हो।

आईआरजीसीका अनुसार ती आक्रमणहरूले ‘प्राविधिक तथा मर्मतसम्भारसम्बन्धी पूर्वाधार र शत्रुको लडाक’ विमान तैनाथी स्थलहरूू ध्वस्त पार्दै ठूलो क्षति पुर्‍याएका छन्। आईआरजीसीले आक्रमणको घोषणा गरेको केही समयपछि जोर्डनले आठ वटा क्षेप्यास्त्रहरूलाई बीचैमा रोकेको जनाएको छ। जोर्डनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज सोमबार बिहान सबेरै अधिराज्यको हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा क्षेप्यास्त्रहरूलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको छ।’ यी आक्रमणहरूबाट कुनै पनि सैन्य अखडामा मानवीय क्षति भएको खबर आएको छैन।

उता, विज्ञप्तिमा आईआरजीसीले भनेको छ, ‘आक्रमण र अपराधहरूले होर्मुज जलसन्धिमा इस्लामिक गणतन्त्रको नियन्त्रण कमजोर पार्ने शत्रुको हताश प्रयासलाई सफल हुन दिने छैनन्, प्रत्येक आक्रमणको जवाफ अझ विनाशकारी रूपमा दिइनेछ।’ लराक टापुमा आइतबार अमेरिकाले गरेको आक्रमणको बदला लिने तेहरानले प्रतिबद्धता जनाएको थियो।

वासिङ्टनले बमबारी अभियानमार्फत तेहरानमाथि आर्थिक दबाब बढाउने रणनीति अपनाइरहेको र इरानविरुद्धको अमेरिका–इजरायल युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला यी आक्रमणहरूले सैन्य टकरावलाई पुनः ब्युँताउने जोखिम बढाएका छन्। सोमबार अमेरिकी सेनाले आइतबार आफूले गरेको कारबाहीलाई ‘आक्रमणकारी कार्य’ मान्न अस्वीकार गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मा जनाए अनुसार होर्मुज जलसन्धिमा इरानी सेनालाई बारुदी सुरुङ बिछ्याउनबाट रोक्न अमेरिकाले सीमित र सटीक कारबाही गरेको थियो। उसले घटनाका लागि इरानलाई नै जिम्मेवार ठहराएको छ।

इरानको ‘फर्स’ समाचार संस्थाले ‘अमेरिकी जियोनिस्ट शत्रु’ को आक्रमणमा परी सैनिकहरू मारिएका र घाइते भएका जनाएको छ । यद्यपि उसले हताहत हुनेहरूको सङ्ख्या भने खुलाएको छैन। हालैका साताहरूमा वासिङ्टनले होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। तेहरानको अवरोधका बाबजुद अमेरिकी सैन्य सुरक्षामा लाखौँ ब्यारेल तेल उक्त जलमार्ग भएर ओसारपसार भएको अमेरिकाले बताएको छ।

यद्यपि उक्त जलसन्धिमा जहाजहरूमाथि आक्रमणका घटनाहरू लगभग दैनिक रूपमा भइरहेका छन् भने इरानले सो जलमार्ग बन्द रहेको अडान दोहोर्‍याउँदै आएको छ। आइतबार भएका यी आक्रमणहरूले इरानको आणविक कार्यक्रम र होर्मुज नियन्त्रणसम्बन्धी दाबीका विषयमा उसलाई सम्झौता गर्न बाध्य पार्न कडा प्रतिबन्धहरू लगाइएको भए तापनि अमेरिका अझै पनि सैन्य बल प्रयोग गर्न तयार रहेको देखाउँछन्।

अमेरिकाले हमला गरेकाे लारक टापु कहाँ छ ?

लराक टापु होर्मुज जलसन्धिको सबैभन्दा साँघुरो भागमा अवस्थित छ। यो इरानको तेल उद्योगका लागि निर्यातको एक प्रमुख केन्द्र पनि हो। इरानले लराक टापुको प्रयोग जलसन्धिको निगरानी गर्न र त्यसमाथि नियन्त्रण कायम राख्न गर्दछ। यस टापुमा बङ्कर र आक्रमणकारी जलयानहरूको सञ्जाल रहेको छ, जसले मालवाहक जहाजहरूलाई ध्वस्त पार्न सक्छन्।

लराकलाई आफ्नो नियन्त्रणमा लिन सकेमा जलसन्धिमा जहाजहरूलाई अवरोध पुर्‍याउने तथा बारुदी सुरुङ बिछ्याउने इरानको क्षमता सीमित हुन सक्छस साथै, यसले जलसन्धि भएर हुने आवागमनमा इरानको सिलो पकड तोड्न अमेरिकालाई मद्दत पुर्‍याउन सक्छ। तर, यो टापु निकै बलियो सुरक्षा घेरामा रहेकाले यसलाई निसान बनाउनु चुनौतीपूर्ण मानिए पनि हिजाे यसमा अमेरिकी हमला भएकाे थियाे ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु