गृहपृष्ठ अमेरिकी सहयोग नुवाकोट र रसुवा पुग्योः अमेरिकी दुतावास
अमेरिकी सहयोग नुवाकोट र रसुवा पुग्योः अमेरिकी दुतावास
काठमाडौँ । अमेरिकी सहयोगको पहिलो खेप अगस्ट २९ र ३० को बीचमा नुवाकोट र रसुवा पुगेको छ।
रसुवा र नुवाकोटका ४०० जनाका लागि गरिएको यस सहयोगमा २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र आश्रयस्थलको भुइँमा ओछ्याउने ५०० थान इन्सुलेटिङ फोम सिटहरू समावेश थिए। यी सामग्रीहरू कार्यवाहक राजदूत स्कट अर्बोमले अगस्ट २९ मा पठाएका थिए।
यस कार्यको श्रेय क्याथोलिक रिलिफ सर्भिसेज, कारिटास नेपाल, नेपाली सेना तथा काठमाडौँ र रसुवामा अतिरिक्त समय खटेर काम गर्ने लजिस्टिक टोलीहरूको दृढ प्रयासलाई जाने नेपालस्थित अमेरिकी राजदुतावासले जनाएको छ।
संयुक्त राज्य अमेरिकाले नेपाल र आफ्ना सम्पूर्ण साझेदारहरूसँग निकट समन्वय गरिरहेको छ। साथै, नेपालको अनुरोध बमोजिम र सहयोगको आवश्यकता भएकाहरूसम्म पुग्ने गरी अमेरिकाले ३६ लाख अमेरिकी डलर बराबरको सहयोग रकम छुट्याएको छ।
प्रकाशित समय : १०:३४ बजे


















