गृहपृष्ठ सांसद सुवालकाे प्रश्न : नेपालमा राणा शासनको बिदा फेरि आएको हो ?
सांसद सुवालकाे प्रश्न : नेपालमा राणा शासनको बिदा फेरि आएको हो ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सरकारमा राणाकालीन प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाए।
सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको थियो। उनले नेपालमा राणा शासनको बिदा फेरि आएको हो ? भन्दै प्रश्न गरे। देव शमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ। भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न विदा दिएको भन्ने छ, उनले भने के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ?
बेलायतमा ८ दिन र अमेरिकामा १४ दिन मात्रै वार्षिक बिदा दिने गरेको भन्दै नेपालले पनि उनीहरूबाट पाठ सिक्नुपर्ने बताए। सांसद सुवालले राष्ट्रपतिको सवारीका क्रममा सधैंजसो सडक जाम हुँदा नागरिकले दु:ख पाउने गरेको बताए।
उनले भने,अस्ती राष्ट्रपतिको सवारीका क्रममा सितल निवासबाट बानेश्वरसम्म निकै जाम भयो। म आफैं पनि दुई घन्टा जाममा फसे। लाखौं लाख जनतालाई सास्ती भयो। राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गृहमन्त्रीको जिम्मेवारी लिनु भएका प्रधानमन्त्रीले किन जिम्मा लिनु भएन यसबारे संसदमा बोल्न दिनु जरूरी छ।
प्रकाशित समय : १३:२२ बजे



















