global ime bank Long Banner Ad

गृहपृष्ठ स्कटल्यान्डलाई नामिबियाले दियो १५४ रनको लक्ष्य

स्कटल्यान्डलाई नामिबियाले दियो १५४ रनको लक्ष्य

स्कटल्यान्डलाई नामिबियाले दियो १५४ रनको लक्ष्य

आइसीसी लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्यान्डसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रन बनाउँदा अल आउट भयो । नामिबियालाई कम स्कोरमा रोक्न स्कटल्यान्डका माइकल लिस्क एक्लैले ४ विकेट लिए । सफ्यान सरिफ र मार्क वाटले समान ३ विकेट लिए ।

लो-लान्ड्रे लोरेन्सले जोडेको ५४ रन नै नामिबियाका लागि सर्वाधिक रह्यो । ८८ बलको सामना गरेका उनले ५ चौका हाने । बर्नार्ड सोल्टस्ले ३० तथा जान ग्रिनले २५ रन थपे । पिक्की या फ्रान्सले ११ रन बनाए ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु