global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जना मारिए

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जना मारिए

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जना मारिए

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेकोा थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपतकालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ । चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो ।

आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु