global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह

भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह

भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । नेपाल बाहिरबाट आउने जहाज सिमरा हुँदै मात्र भित्रिन पाउने भएकाले थप प्रवेशमार्गको अनुमतिका लागि भारतलाई आग्रह गरिएको हो ।

काठमाडौंमा सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटवार्तामा अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दा क्वात्राले भने जवाफ दिन नचाहेको परराष्ट्र स्रोतले जनाएको छ । बैठकपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा पनि हवाई प्रवेश मार्गका विषयमा उल्लेख छैन ।

सोमबार बिहान नेपाल आइपुगेका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा दक्षिण एसिया महाशाखाका रामप्रसाद सुवेदीसहित ७ जना थिए । भारतका तर्फबाट सचिव क्वात्राको नेतृत्वमा राजदूत नवीन श्रीवास्तवसहित ७ जना थिए ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु