global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा, एमालेले छान्यो तीन मन्त्री

लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा, एमालेले छान्यो तीन मन्त्री

लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा, एमालेले छान्यो तीन मन्त्री

लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेको छ । मन्त्रालय बाँडफाँट टुंगो लागेसँगै आइतबार दिउँसो १ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

सत्ता साझेदार दलहरुबीच शुक्रबार भएको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पााउने भएको छ । तर जनता समाजवादी पार्टी (जसपा) सरकारमा आउन चाहे एमालेले पाएको एउटा एउटा मन्त्रालय उसलाई दिने समझदारी छ ।

माओवादी केन्द्रले तीन मन्त्रालय पाएको छ । जनमत र राप्रपालाई एकरएक मन्त्रालय दिने गरी टुंगो लागेको छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेबाट ग्रामीण तथा शहरी विकास, कपिलवस्तुका विष्णु पन्थी स्वास्थ्य, बाँकेका दुर्गाप्रसाद चौधरी सामाजिक विकास र प्यूठानका तुलसीराम शर्मा कृषि तथा सहकारीमन्त्री बन्ने लगभग पक्का भएको छ । २७ पुसमै मन्त्री बनेका अर्घाखाँचीका चेतनारायण आचार्यले जलस्रोत व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भएको छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ । कृष्णा केसी पुस २७ गते नै विना विभागीय मन्त्री नियुक्त भएकी थिइन् । माओवादीबाट एकजना मन्त्रीको टुंगो लाग्न बाँकी छ ।

नेताहरुका अनुसार रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने दौडमा छन् ।

राप्रपाले यातायात, उद्योग, पर्यटन तथा भुमि व्यवस्था मन्त्रालय पाउने भएको छ भने जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

राप्रपाबाट कपिलवस्तुका जानकीप्रसाद यादव र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता मन्त्री बन्दै छन् । यादव कपिलवस्तु ३ ९२०बाट र गुप्ता रूपन्देही ५ ९२०बाट निर्वाचित हुन् । पुस २७ गते मुख्यमन्त्री बन्दा प्रदेशसभामा रहेका १० दल मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारमा आउन चाहे जसपालाई हाल एमालेको भागमा परेको एउटा मन्त्रालय दिइने छ । लोसपालाई भने विषयगत समिति मात्र दिने गरी तयारी छ ।

प्रकाशित समय : ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु