global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गरेकाे छ ।

राष्ट्र बैंकका निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले सार्वजनिक गर्ने मौद्रिक नीतिको समीक्षाका लागि सञ्चार माध्यम एवम् पत्रकारहरूका लागि जुम आइडी र पासवर्ड उपलब्ध गराइएको छ । गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत गरेको हो ।

मौद्रिक नीतिले के–के गर्‍यो ?

मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ । यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८ दशमलव ५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत् राखिएको समेत बैंकले जनाएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु