global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।

शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।

आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

प्रकाशित समय : ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु