गृहपृष्ठ प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हिमपात हुने
देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली भएको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ ।
आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
शनिबार पनि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार पहाडी भू–भागमा आंशिक बदली भए पनि हिमपात र वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०९:५५ बजे



















