गृहपृष्ठ न्यु डायमण्ड र एपीएफको विजयी सुरुवात

न्यु डायमण्ड र एपीएफको विजयी सुरुवात

न्यु डायमण्ड र एपीएफको विजयी सुरुवात

छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको पहिलाे खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएको हो । डायमण्डले आर्मीलाई २५–२०, २५–१४ र २५–१० ले पाखा लगााउँदै विजयी भएको हो ।

शनिबार नै भएको दोस्रो खेलमा एपीएफले पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेटमा समान २५–२१ र २५–२१ ले जित निकाल्याे ।

जितसँगै डायमण्ड र एपीएफको समान ३ अंक छ । आर्मी र पुलिसको अंकको खाता खोल्न सकेको छैन । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ३ विभागीय र डायमण्ड गरी ४ टोली सहभागी छन् ।

शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु