काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यालय पहुँच बाहिर पैतीस लाख बालबालिका

8.88K
shares

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँचबाहिर रहेका हुन् । खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् । टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ । बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो ।