गृहपृष्ठ श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

जाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती र उनका छोरा पक्राउ परेका छन् । भेरी नगरपालिका–६ पुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकला र छोरा तुल्सीरामलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

२०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकै शौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कंकाल पनि शौचालयमा पुरिएको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा कामीको कंकाल भेटिएको हो ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु