गृहपृष्ठ आजको मौसमः यस वर्षको मनसुन क्रमशः बाहिरिँदै

आजको मौसमः यस वर्षको मनसुन क्रमशः बाहिरिँदै

आजको मौसमः यस वर्षको मनसुन क्रमशः बाहिरिँदै

काठमाडौँ । यस वर्षको मनसुन क्रमशः बाहिरिने क्रम जारी रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लागेको छ। अन्य भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा पनि आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति देशका पहाडी तथा तराई भू-भागमा र कोशी तथा बागमती प्रदेशका हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित समय : ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु