गृहपृष्ठ संकट टार्न क्रिकेट संघमा ‘अर्ली इलेक्सन’को निर्णय

संकट टार्न क्रिकेट संघमा ‘अर्ली इलेक्सन’को निर्णय

संकट टार्न क्रिकेट संघमा ‘अर्ली इलेक्सन’को निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको ‘अर्ली इलेक्सन’को निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।

असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण परेको संकटको ‘सुरक्षित अवतरण’ प्रयासका रुपमा हेरिएको छ । किनकी क्रिकेट संघको ‘फ्लागसिप टुर्नामेन्ट’ नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएपछि कार्यसमिति सदस्यहरुले नै अध्यक्षको राजीनामा मागेका थिए । मंगलबार कार्यसमितिको बैठकका लागि पोखरा पुगेका सात सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए ।

टी–२० लिगको सञ्चालक परिषद अध्यक्ष रहेका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यबाहक सचिवबाट राजीनामा दिएपनि चन्दले दिएनन् । बरु एक महिनापछि साधारणसभा बैठक बोलाएका छन् भने ३३ प्रतिशत सदस्यको हस्ताक्षर लिएर आउन राजीनामा माग गर्नेहरुलाई चुनौती दिएका छन् ।

प्रकाशित समय : ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु