गृहपृष्ठ मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून
मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून
देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।
मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।
शुक्रबार दिउँसो पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०७:१० बजे

















