मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट
वि.सं.२०७९ माघ १८ बुधवार १४:५१
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । यसका साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।






















