काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

6.97K
shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो । अब बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।