global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

निवर्तमान गृहमन्त्री रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।

राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन्।

नेपाली राहदानी लिने बेलामा उनीसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्टसमेत रहेको पाइएको थियो । जसअनुसार राहदानी ऐन, २०७६ अनुसारको कसूरमा रविविरुद्ध अनुसन्धान पनि हुनसक्ने छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु