nmb bank

गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैंकद्वारा शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैंकद्वारा शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरेको छ ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती प्रादेशिक कार्यालय उप-प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गराएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु