काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सप्तरीको डिमन टोलमा आगलागी हुँदा १० लाखको क्षति

9.26K
shares

सप्तरीको तिरुहुत गाउँपालिका–४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता सिंहले जानकारी दिएका छन् ।

आगलागीमा कंचनरुप नगरपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले जानकारी दिएको छ ।

आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर नष्ट भएको प्रहरी प्रवक्ता सिंहको भनाइ रहेको छ । आगलागीमा गुगली भन्ने हरेराम यादवको गोठ घरभित्र बाँधि राखेको बाख्रा–१, खसी–२, भैंसीको पाडी–२ जलि मरेको र भैंसी–१ घाइते भएको हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको चौपायाक‍ो ज्यान गएको हो ।

यसैगरी तेज नारायण यादवको वाल र जस्ताको छानो भएको बस्ने घरमा आगो लागी काठको बकस थान–२, चामल १० मन, पंखा ५ थान, एलसिडी टिभी ३२ ईन्चको १ थान, रेडमी मोबाईल–१ थान, सुन चाँदीको गहना र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

यस्तै ओम नारायण यादवको बाँसको टाटी बेरा जस्ता पत्ताको छानो भएको घरमा आगो लाग्दा नगद ५४ हजार, चामल १० मन, धान १० मन, भाँडाकुडा लत्ताकपडा र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति गरि ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।