गृहपृष्ठ आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक
आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक
आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ ।
यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको छ । अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।
हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्तालाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पेले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।
प्रकाशित समय : १७:३३ बजे



















