काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्योति विकास बैंकले ६.८० प्रतिशत लाभांश दिने

9.03K
shares

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्तापूँजीको ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको गत शुक्रबारको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको लाभांशबापत कुल २९ करोड दुई लाख सात हजार २२४ रुपैयाँ वितरण गर्न लागेको जानकारी दिइएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको छ । तीन प्रतिशत बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापूँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ कायम हुनेछ ।