गृहपृष्ठ सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने
सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको सचिवालयले जनाएको छ ।
यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई हटेको विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयले अगाडि बढाउने तयारी गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अब अन्य प्रक्रिया सुरू हुनेछ । प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्वसांसद भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाएका हुन् ।
भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद् परिस्थिति सिर्जना भएको छ ।
प्रकाशित समय : ०८:४४ बजे



















