global ime bank Long Banner Ad

गृहपृष्ठ संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

संकटाले जित्यो आहा रारा गोल्डकपको उपाधि

संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरे ।

३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी गर्‍यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे ।

संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु