मुक्तिनाथ बैंक १७औं वर्षमा, एकसाथ १३ वटा शाखा उद्घाटन
वि.सं.२०७९ पुस २० बुधवार १२:०९
shares

मुक्तिनाथ विकास बैंक मंगलबार १७ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ । उक्त समारोहको उद्घाटन गर्दै बैंकका अध्यक्ष भरत राज ढकालले १७औं वर्षको सहयात्रमा साथ दिने सेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।
यसका साथै, ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियान सञ्चालनमा ल्याएको बताए ।

























