गृहपृष्ठ ‘प्रकाशशरण महतसँग फरक तरिकाले बहस भएको हो’
‘प्रकाशशरण महतसँग फरक तरिकाले बहस भएको हो’
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता प्रकाशशरण महतसँग केही मुद्धामा फरक तरिकाको बहस भएको तर हातपात गर्न कोशिस नगरेको बताएका छन् । शनिबार उनले ट्वीटरमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको बताएका हुन् ।
उपसभापति खड्काले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केहि दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्धामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’
प्रकाशित समय : १६:३७ बजे



















