विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०७९ पुस १५ शुक्रवार १३:४९
shares

गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघको नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा ठमेलमा रहेको होटल मस्याङ्दीमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा भनाइ राखेका थिए ।
गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रेलगायत विभिन्न शाखाबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।

























