सुनचाँदीको मूल्य स्थिर
वि.सं.२०७९ पुस ११ सोमवार १२:१५
shares

सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य साेमबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन साेही मूल्यमा किनबेच भएकाे थियाे ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार मूल्य चाँदीकाे मूल्य पनि स्थिर रहेकाे छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

























