काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवाले भेउ नपाएपछि प्रचण्डले पाएको बक्सिस

8.53K
shares

बालुवाटारबाट सत्ताको चाल बालकोटतर्फ पल्टिएपछि यतिबेला राजनीतिक माहोल एकाएक तरंगित बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारबाट प्रधानमन्त्री नपाएको झोँकमा बालकोट गएर सत्ताको खेल पल्टाएको छन् । शीतलनिवासबाट सात दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शीलतनिवासबाटै सुरु भएको कानेखुशी संसद भवन हुँदै बालकोटसम्म पुगिसक्दासमेत देउवाले भेउ नपाएपछि सत्ता उलटपुलट भयो । प्रधानमन्त्रीका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेका प्रचण्डले बालुवाटारमा नपाएको झोँकमा झोकिएर बालकोट पुगेर ओलीसँग सम्झौता गरे । ओलीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्दै साढे दुईबर्षपछि आफैँ प्रधानमन्त्री हुने बाटो समाए । तर ओली–प्रचण्डको सत्ता सहकार्यको निर्णयले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको सबै गुमाएका छन् । हिजो प्रचण्डहरूले लतार्दैलतार्दै बुढानिलकण्ठबाट बालुवाटार लगिएका देउवा अहिले बाध्यताबस् बालुवाटार छोड्न विवश छन् । तर यसको संकेत देउवाले पहिल्यै बुझन् सक्नुपथ्र्याे ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गर्नुको अर्थ नै सत्ता सहकार्यको निम्तो थियो । बन्द रहेको बोलचाल खुला गर्ने आइसब्रेकका रुपमा रहेको फोन कलपछि शीतलनिवास र संसद भवनमा हँसिलो मुहारसहित ओली–प्रचण्डबीच चलेको ‘वान टू वान’ कानेखुशीलाई हल्का लिनु देउवाको भूल भयो । किनकि त्यसले उनीहरुबीच सामिप्यताको संकेत गरेको थियो । र, सौदाबाजीका लागि दुवै तयार छन् भन्ने अर्थ पनि दिएको थियो ।

फलतः प्रचण्डले काँग्रेससँगको सहकार्य तोड्दै बालकोटको बार्दलीमा पुगेर ओलीसँगै हात हल्लाउँदै देउवालाई खाइस भनेका छन् । र उनी यो देशको ४४औं प्रधानमन्त्री बनेका छन् ।

देउवाले भेउ नपाएकै कारण बालकोट एकाएक शक्तिकेन्द्र बन्यो । र बालकोटकै बलमा प्रचण्डले बक्सिसका रुपमा प्रधानमन्त्री पाए ।

अब बन्ने नयाँ सरकारमा प्रचण्डलाई माओवादीसहित सात दलको समर्थन छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै दाबी पेश गरेका प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएका छन् । र, स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, किरणकुमार साह र अमरेश कुमार सिंहले पनि समर्थन दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेका ७८ सहित माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टी ४ गरि १६६ र तीन स्वतन्त्र गर्दा १६९ जनाको साथ रहनेछ ।

ओली र देउवालाई पटकपटक प्रधानमन्त्री बनाएर थाकिसकेका प्रचण्ड यसपटक कुनैपनि हालतमा छोड्ने पक्षमा थिएनन् । किनकि उनलाई प्रधानमन्त्री ह्याट्रिक गर्नु थियो । तर देउवा राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि प्रचण्डले गठबन्धन तोड्दै नयाँ समीकरणमा पाइला चालेका हुन् । फलतः काँग्रेस पहिलो दल भएर पनि प्रतिपक्षमा बस्ने भएको छ भने नेकपा एकीकृत समाजवादीले प्रचण्डको सरकारमा नजाने निर्णय गरेको छ । अब काँग्रेसको साथमा समाजवादी रहने देखिएपछि सत्ताको लोभले माधवका धेरै सांसद विद्रोहमा जाने सम्भावना बढेको छ । प्रचण्डकै बलमा पार्टीभित्र विद्राेह गरेका र पार्टीसमेत विभाजन गरेका माधव भने अन्तिममा विचल्ली पर्ने अवस्था बनेकाे छ ।

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सरकारमा जाँदैछन् । रवि आफ्नै नेतृत्वमा सरकारमा सहभागी भएर काम गर्न खोजिरहेका छन् । राप्रपा आन्तरिक छलफलमा जुटेको छ ।

हुनत् प्रचण्डलाई प्रधानमन्त्री दिएर काँग्रेसले राष्ट्रपति र सभामुख राख्दा सहमति हुन सक्थ्यो । अहिले यो किन भएन ? भन्ने प्रश्न आम रुपमा उठेको छ । तर सत्ताका लागि पार्टी फोडेका र राजासँग टाउको जोडेका देउवाले जब आफैले केही नपाउने भइसकेपछि पार्टीभित्र अरुलाई पनि दिन चाहेनन् । यसो त काँग्रेसभित्रको एउटा तप्का नै प्रचण्ड प्रधानमन्त्री होस् भन्ने चाहन्थ्यो । आफुले राष्ट्रपति र सभामुख लिएर सहमति गर्नुपर्ने उसको तर्क थियो । रामचन्द्र पौडेल जस्ता पात्रहरु प्रचण्ड प्रधानमन्त्री बनेमात्रै राष्ट्रपति बन्न पाइन्छ भन्ने लाइनमा थिए ।

तर देउवा छैंटौपटक आफु प्रधानमन्त्री नबनि नछोड्ने पक्षमा थिए । २३ सिट जित्दा पनि प्रधानमन्त्री बनेका देउवा पार्टी नै पहिलो बनेपछि प्रधानमन्त्री बन्छु भन्नेमा ढुक्क थिए । तर यसअघि ठूलो दल भएर पनि एमालेलाई जसरी प्रतिपक्षमा बस्नु परेको थियो, यसपटक देउवालाई पनि त्यस्तै आइपरेको छ ।

जसरी पनि गठबन्धन फुटाउन लागिपरेका ओली अन्ततः सफल भएका छन् । यद्यपी संसदको अस्थिर अंकगणितले प्रचण्डलाई अस्थिरमात्रै तुल्याउने छैन कि काँग्रेसविना दुईतिहाई नपुग्ने भएका कारण फेरि उनी संकटमा पर्नेछन् ।