गृहपृष्ठ वर्ल्डलिंकले पायो ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड
वर्ल्डलिंकले पायो ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन ‘नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२’बाट सम्मानित भएको छ ।
सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि कम्पनीलाई विजेताको रूपमा चयन गरिएको हो ।
‘हिमाल, बरफ तथा हिउँ, खोला एवं वन्यजन्तु जस्ता प्रतिकुल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकाले सर्भिस इनोभेसन इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिंकलाई प्रदान गरिएको हो’ नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनिन् ।
नोकियाले यही डिसेम्बर ७ देखि ८ सम्म सिंगापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रममा कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो । हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या सात लाखभन्दा बढी तथा प्रयोगकर्ताको संख्या ३० लाखभन्दा धेरै छ । नेपालमा एक जना ग्राहकले जोडेको इन्टरनेट औषत ४ः३२ जनाले प्रयोग गर्दै आएका छन् ।
देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजारभन्दा बढी स्थानमा फ्री वाइफाई सेवासमेत उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ ।
प्रकाशित समय : १२:४४ बजे


















