nmb bank

गृहपृष्ठ दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु

दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु

दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

दाङ । दाङको शान्तिनगर गाउँपालिका – ५ रगैचामा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरको नयाँ कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश महतोले २५ लाख ९० हजार ६१६ लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।

उक्त भवन निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले केही महिना अगाडि काम सम्पन्न गरेकामा नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।

कार्यालय प्रमुख महतोका अनुसार सोमबारदेखि विद्युत् प्राधिकरण वितरण केन्द्रले पश्चिमका नागरिकका लागि सोही कार्यालयबाट सेवा प्रवाह गरिएको छ । यहाँबाट सेवा प्रवाह भएपछि अब त्यहाँका नागरिकलाई विद्युत्को महसुल बुझाउन १८ किलोमिटर टाढा रहेको तुलसीपुरमा आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

गाउँमै विद्युत् कार्यालयले सेवा सुरु गरेपछि आफूहरूलाई निकै सहज भएको स्थानीय विवेक कुँवरले बताए । वर्षौँदेखि भोग्दै आएको सास्ती अब विस्तारै हट्दै गएको अनूभूति भएको उहाँको भनाइ छ । स्थानीय गिरीराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको केन्द्र प्रमुख महतोले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख दीपक गौतमले भवनको उद्घाटन गर्दै ग्रामीण तहसम्म  विद्युत् सेवा विस्तार भएसँगै नागरिकलाई  छिटोछरितो सेवा प्रवाह गर्नमा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : ०४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु