nmb bank

गृहपृष्ठ भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

टक्सार । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो ।

आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३-२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १-१ गोल गरेका थिए । त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १-१ गोल गरे ।

सोमबार भएको दोस्रो खेलमा आयोजक भोजपुर फुटबल सङ्घ २-१ गोलले सङ्खुवासभा-११ लाई पछि धकेल्दै समिफाइनलमा पुगेको छ । उक्त खेलमा भोजपुरका लागि विनोद राई र मिलन लिम्बूले १-१ गोल गरे भने सङ्खुवासभाका लागि एक मात्र गोल सूर्य राउतले गरे ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर नगरपालिका-७ कोदारस्थित रङ्गशालामा नवौँ संस्करणका रूपमा प्रतियोगितामा सुरु भएको हो ।

प्रतियोगितामा एपिएफ क्लब, एलएक्स सिटी मोरङ, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा-११, सातदोबाटो युग क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठवटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : ०५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु