nmb bank

गृहपृष्ठ रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।

सोमबार साँझ करिब ६:३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार, पक्राउ परेका दासमाथि थप अनुसन्धान कार्य भइरहेको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध हतियारको ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

 

प्रकाशित समय : ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु