nmb bank

गृहपृष्ठ वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताउनुभयो । भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने एक खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको नौ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व सङ्कलन हुने सम्भावना भने कायमै छ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु